टप फिचर

प्रमुख जिल्ला अधिकारीले बिरामीलाई निःशुल्क खाना वितरण

By Thaha - Online

May 29, 2021

उत्तम कुमार थापा बझाङ जिल्ला प्रमुख जिल्ला अधिकारीले बिरामीलाई निःशुल्क खाना खुवाएका छन् । बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आफ्ना बुबाको श्राद्धको दिनमा जिल्ला अस्पताल बझाङमा रहेका बिरामीहरूलाई खाना खुवाउनु भएको हो ।

आज एक कार्यक्रमका बिच विभिन्न स्थानीय तहबाट जिल्ला अस्पतालमा उपचार गराई रहनु भएका कोभिड बिरामी र अन्य सबै बिरामीलाई निःशुल्क खाना खुवाएको जिल्ला अस्पताल बझाङ प्रमुख डाक्टर सन्दिव अाेखेडाले बताए । खाना बढ्दै सिडियाे प्रमुख जिल्ला अधिकारीले भने मेरो बुबाको श्राद्धमा सानो सहयोग गरेको हो ।

अहिलेको परिस्थितिमा घर जान नपाएको बताउँदै जिल्लामा निःशुल्क खाना खुवाउने पहल चालेका जीवन सिहकाे कार्यलाई हाैसला दिन केही सहयोग गर्दै यस्तो कार्य गरेको सिडियाे अधिकारीको भनाइ छ । प्रमुख जिल्ला अधिकारीले आफै जिल्ला अस्पतालमा पुगेर बिरामीलाई खाना खुवाउनु भएको थियो उनले आफ्ना बुवा उमानाथ अधिकारीको श्राद्धको अवसरमा निःशुल्क काखा दिँदै सहयोग गरेको जीवन सिंहले बताए ।

नि सुल्क खाना खुवाएका सिहलाई आज जिल्ला अस्पताल बझाङ द्वारा प्रमाणपत्र सिडियाेद्वारा हस्तान्तरण गरिएको हो ।