सैघाली खबर
दाङ, माघ १९ । वर्षाै देखी पुराना ,आवाज नै प्रष्ट नसुनिने सञ्चार सेट प्रयोग गर्दै आएका दाङका प्रहरीले यतिखेर नेपालमै पहिलोपटक प्रयोगमा आएको डिजिटल सञ्चार सेट प्रयोग अबसर पाएका छन । डिजिटल सञ्चार सेट प्रयोग गर्न पाउनेमा दाङ प्रहरी मुलुकभर तेस्रो भएको छ भने पाँच नम्बर प्रदेशमा पहिलो प्रहरी कार्यालय हो ।
शुक्रवार घोराहीमा जिल्ला प्रहरी कार्यालय दाङले आयोजना गरेको डिजिटल मोवाइल रेडियो सिस्टम कमाण्डर सेन्टरको उद्घाटन नेपाल प्रहरीका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक९आइजिपि० प्रकाश अर्यालले गर्नु भएको थियो । नेपाल प्रहरीको रणनितिक योजना अन्तरगत आधुनिक प्रविधिको प्रयोग र विस्तार गर्ने लक्ष्य अनुरुप दाङको घोराही भरतपुर निवासि आइजिपि अर्यालकै पहलमा पाँच नम्बर प्रदेशको जिल्ला प्रहरी कार्यालय दाङमा डिजिटल मोवाइल रेडियो सिस्टमसहीतको कमाण्डर सेन्टरको उद्घाटन गरीएको हो । नयाँ प्रविधिको प्रयोगसंगै अपराधका घटनाहरुमा कमि आउने र प्रहरीको कार्य दक्षतासंगै क्षमतापनि बढाउने आइजिपि अर्यालले बताउनु भयो । उहाले मनोवल उच्च राखेर जनताको अमन चयन र शान्तिसुरक्षाका लागि गम्भिरतापुर्वक खट्न प्रहरीलाई निर्देशन दिनु भयो । सिमित स्रोत साधनको वावजुद पनि नेपाल प्रहरीे आफ्नो गरीमा जोगाएर राखेको भन्दै उहाले शान्ति सुरक्षामा खलवल पुुर्याउने जो कोहीलाई पनि कानुनि दायरामा ल्याउन आग्रह गर्नु भयो ।
उहाले कुनै पनि अपराध क्षम्य नहुने भन्दै प्रहरी र नागरीक मिलेर नै शान्ति सुरक्षा कायम गर्न सकिने बताउनु भयो । उहाले प्रहरीलाई प्रविधिमैत्रि बनाउने काम भइरहेको भन्दै अव प्रहरीलाई प्रविधिले वलियो बनाएका धेरै अपराधका घटनाहरुमा कमि आउने धारणा राख्नुभयो । डिजिटल रेडियो कम्युनिकेसन सिष्टम जडानले प्रहरीलाई थप जिम्मेवार र जवाफदेही बनाउने उहाले विचार ब्यक्त गर्नु भयो । गृह जिल्ला दाङ भएकाले प्रहरी प्रमुख अर्यालले तुलसिपुरका सञ्चारउद्यमि देविप्रशाद धिताल हेमराजको हत्याकाण्डको छानविन भइरहेको दोहो¥याउदै सिआइविले उक्त घटना अनुसन्धान गरीरहेको र दोषिलाई कारवाही गरेर छाड्ने चेतावानि दिनु भयो । त्यस्तै डिआइजि नवराज सिलवालको घटनाको वारेमा सञ्चारकर्मिले राखेको जिज्ञासामा आइजिपि अर्यालले सर्वोच्चमा मुद्धा चलिरहेको विषयमा आफुले धेरै वोल्न नमिल्ने भन्दै सिलवाललाई लक्षित गर्दै कसैलाई पक्राउ गर्न खोज्दैमा तत्काल पक्राउ गर्न असहज हुने र घटनाको अनुसन्धानको दायरामा जो कोही भएपनि आउने दावि गर्नु भयो ।
‘सर्वोच्चमा मुद्धा चलिरहेको यो विषयमा मलाई धेरै वोल्न मिल्दैन, घटनामा दोषि देखीएमा जो कोही पनि पक्राउ पर्छन, यसमा सिलवालजि वा अर्को ब्यक्ति भन्ने कुरा नै भएन, तर, तत्कालै पक्राउ गर्छु, अहिले नै गर्छु भन्ने कुरा मैले गर्दैन, अनुसन्धानको पाटो पनि भएकाले यस विषयमा धेरै नवोल्दा नै राम्रो हुन्छ जस्तो लाग्छ मलाई’ । उहाले भन्नुभयो–तपाइले पालेको कुखुरा विहान पख छोडिदिनु हुन्छ, तपाइलाई कुखुरा दिउसो पकड्न मन गरेर त पकड्न सक्नुहुन्न नि रु’ ।
उहाले काठमान्डौको दरवारमार्गमा भएको वलात्कारको घटना आफुले महीला अस्मितासंग जोडेर हेरेको भन्दै घटनामा दोषि पाईए कसैलाई नछाड्ने र अनुसन्धानलाई सहज बनाउन आफ्नो मातहतलाई निलम्वन गरेको र आफु भन्दा माथिकोलाई गृहमन्त्रालयमा निलम्वनका लागि सिफारीस गरेको बताउनु भयो । साथै आइजिपि अर्यालले दाङमा अत्याधिकरुपमा हुने सवारी दुर्घटना चालकको लापरवाहीले हुने भन्दै सडक, पैदल यात्रु केही कारक भएपनि ९० प्रतिशत दुर्घटना चालककै लापरवाहीले हुने बताउनु भयो । कार्यक्रममा दाङ देउखुरी जिल्ला अदालतका न्यायधिस हेमन्त रावलले अदालतलाई सुचना प्रविधिमैत्रि बनाउन प्रयास गरीएको भन्दै अदालत र प्रहरी मिलेर हिरासतमा लिएका थुनुवालाई म्याद थप लगायत सामान्य कुराहरु भिडीयो कन्फेरेन्समार्फत गर्ने तयारी भइरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजि मधुप्रशाद पुडासैनि लगायतकाले प्रहरीलाई सुचना प्रविधिले दक्ष बनाएमा अनुसन्धान छिटो छरितो र नागरीकले राम्रो सेवा पाउने बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन वडा प्रहरी कार्यालय घोराही प्रमुख प्रहरी निरीक्षक रञ्जन अवाले गर्नु भएको थीयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।