केटो बचाउनै मुस्किल



सैघाली खबर,
चितवन १९ माघ। – चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका गैँडाको केटो ९बच्च०लाई बचाउनै मुस्किल हुने गरेको छ । गत भदौदेखि लगातार चार वटा गैँडाका केटो मरेको निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको मयूरे गत साउन २८ गते आएको बाढीमा परेर मर्‍यो ।

यसैगरी पश्चिम चितवनको मेघौलीबाट गएको भदौ २२ गते उद्धार गरिएको अर्को गैँडाको बच्चा ९केटो०को पनि उपचार सफल हुन नसकी कात्तिक १४ मा मृत्यु भयो । बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा ल्याइएको अन्दाजी दुई वर्षको गैँडाको बच्चा ९केटो० उपचारकै क्रममा मरेको छ । सौराहा नजिकै ढुंग्रे खोलामा बाघको आक्रमणबाट घाइते अवस्थामा भेटिएको अर्को केटो पनि सौराहामा उपचारकै क्रममा केही हप्ताअघि मरेको थियो ।

चितवनको जनकौली वनमा पनि घाइते अवस्थामा एउटा केटो फेला परेको थियो । फिल्डमै गएर उपचार शुरु गरिए पनि बचाउन नसकिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक बताउनुहुन्छ । बाढीपछि उद्धार गरिएका छवटा केटामध्ये अहिले दुईवटा सौराहामा रहेको छ । एउटा खुला संरक्षणमा छ भने अर्को खोरमा राखिएको छ ।

अहिले तन्दुरुस्त देखिएको गैँडा पनि कतिबेला के हुने भन्नै नसकिने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालको भनाइ छ । अहिले सौराहामा वन्यजन्तु अस्पताल बन्ने क्रममा भएकाले अब केही राहत हुने वरिष्ठ पशु चिकित्सक डा कमल गैरे बताउनुहुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्