बलिउड अभिनेत्री दीपिका नेपाल आउँदै तयारी



सैघाली खबर
एजेन्सी– बलिउड अभिनेता इरफान खान र अभिनेत्री दीपिका पादुकोण नेपाल आउने भएका छन्। उनीहरु एक फिल्मको छायांकनका लागि नेपाल आउन लागेका हुन्।

ओमकाराु, हैदरु, रंगुनु जस्ता फिल्म बनाएका विशाल भारद्वाजको निर्देशनमा बन्न लागेको फिल्मको केही दृश्यको छायांकनका लागि उनीहरु नेपाल आउने भएका हुन्। नेपालको कुन ठाउँमा छायांकन हुने भनेर नखुलाइए पनि छायांकन मार्च ५ बाट सुरु हुने भारतीय मिडिया मुम्बई मिररले उल्लेख गरेको छ।

समाचार अनुसार फिल्मको कथा ‘माफिया क्विन्स अफ मुम्बई’ उपन्यासमा आधारित हुनेछ। फिल्मको नाम भने खुलाइएको छैन। फिल्ममा दीपिका पादुकोणले लेडी डन राहिमा खान ९सपना दिदी०को भूमिका निर्वाह गर्नेछिन्।

सलमान खान, ज्याकलिन फर्नान्डिज लगायतका बलिउड स्टारहरु पनि चाँडै दबंगः द सलमान खान लाइभ इन नेपालु कन्सर्टका लागि नेपाल आउँदै छन्। तर, त्यस अगावै दीपिका र इरफान नेपाल यात्रा तय भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्