मङ्गलवार देखी काठमाडौँ उपत्यकामा सीजी कम्युनिकेसनकाे इन्टरनेट सेवा सुरु



काठमाडौँ। सिजी कम्युनिकेसन्सले मङ्गलवार देखी काठमाडौँ उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ।

उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सिजी नेट’ प्राप्त गर्ने कम्पनीले बताएको छ। उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।

कम्पनीले १२० एमबीपीएस गतिको ‘सिजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने पनि बताएको छ। उपभोक्ता केन्द्रित सेवा सुरु गरिएको र यसले उपभोक्ताको जीवनमा नयाँ अनुभव गराउने विश्वास पनि कम्पनीले लिएको छ। ‘सिजी नेट’ देशव्यापी इन्टरनेट सेवा प्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ। कम्पनीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने तयारी गरिरहेको बताएको छ।

भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रमहोम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सिजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको पनि कम्पनीले बताएको छ। सुरुवाती समयमा उक्त सेवा काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लामा उपलब्ध हुनेछ। तत्कालकालागि भने जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले उक्त सेवा लिन सक्ने बताइएको छ। एक वर्षभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सिजी नेट’ विस्तार हुनेछ। कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिबद्धता अनुसार ‘सिजी नेट’को सेवा प्रारम्भ गरिएको बताए।

सिजी कम्युनिकेसन्स चौधरी ग्रुपअन्तर्गत सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनी हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्