च्याउ खेतिबाट लाखौं आम्दानी



अमिता चौधरी
दाङ,२० माघ


आज भोली धेरै युवाहरु बिदेश जाने क्रम एकदम बढ्दो देखिन्छ । आफ्नो देशमा भनेजस्तो काम नपाएका कारण विदेशिने क्रम अहिलेको अवस्थामा एकदमै तिब्र गति लिएको छ ।

 

स्वदेशमै लगानी गरेर पनि लाखौं आम्दानी गर्न सफल एक व्यक्ति हुनुहुन्छ ,रुकुम वाफिकोट गाउँपालिकाका सिजारााम  वाँठाले आफ्नै ठाउँमा बसेर च्याउ खेतीमार्फत लाखौ कमाउन थाल्नुभएको छ । उहाँले दाङको घोराही क्षेत्रमा च्याउका ४० वटा टहरा निर्माण गरि उत्पादन गरिरहनुभएको छ ।

गत आर्थिक बर्ष २०७३÷०७४ को साउन महिना देखि घोराही उपमहानगरपालिका १७ गैरागाउँमा गरिएको कन्ने च्याउखेतीले गतिलै आम्दानी दिइरहेको छ । च्याउको बजारका लागि पनि समस्या नभएको उहाँको अनुभव छ ।

बाँठाले उत्पादन गरेको च्याउ ब्यापारीले गाउँमै पुगेर उठाउँछन । स्थानीयहरु लागाएत अन्य ठाउँका व्यापारीहरु उत्पादन केन्द्रमा पुगेर च्याउ किन्ने गरेको उहाँले बताउनुहुन्छ । दैनिक च्याउ किन्नेहरुको भिड लाग्ने गरेको बाँठाले जानकारी दिनुभयो ।

गत साउन महिना देखि अहिले सम्म ३९ हजार किलो च्याउ उत्पादन गरेको तथा करोडको कारोवार भएको उहाँले बताउनुभयो । दाङ जिल्लामा परिक्षणको लागि च्याउ उत्पादन सुरु गरिएको भएपनि कन्ने च्याउ उत्पादनको अवस्था जिल्लामा राम्रो भएको बताउनुभयो ।
परिक्षणको परिणाम राम्रो भएपछि जिल्लामा व्यवस्थित रुपमा चाडै उत्पादन सुरु गरिने उहाँको योजना छ । दाङ जिल्लामा च्याउका लागि चाहिने हावा पानि, ठाउँ उपयुक्त भएको र उत्पादन, वजार पनि राम्रो भएको उहाँले अनुभव छ ।
उहाँले उत्पादन गरेका च्याउहरु स्थानीय स्तरमै खपत हुने गरेको छ उत्पादित च्याउहरु माग भएमा बुटवल, काठमाडौँ भैरहवा लगाएतका शहरमा पठाउने गरेको जानकारी दिनुभयो । उत्पादन केन्द्रमा एक किलोको एक सय ५० रुपैयाँ मुल्यमा बिक्रि गर्दे आउनुभएको छ ।

‘च्याउबाट आम्दानी राम्रो छ, उहाँले भन्नुभयो । सधै एकनासको कमाई हुँदैन । लगातार मेहनत गर्ने हो भने आम्दानी सोचेजस्तै हुन्छ ।’ बाँठाले च्याउ खेतीका लागि देशका विभिन्न शहरहरुमा परिक्षण गरेको बताउनुभयो । तर अन्य ठाउँको तुलनामा दाङमा च्याउ उत्पादन राम्रो भएको जानकारी दिनुभयो । च्याउ खेती गर्ने प्रविधि काठमाडौमा सिक्नुभएको थियो ।

साथीहरुको टिम थिायो । केही बर्ष संगै उत्पादन ग¥यौ अहिले मैले दाङमा उत्पादन थालेको छु, उहाँले भन्नुभयो । उहाँले च्याउ खेतीका लागि ६० लाख रुपैया लगानी गरी व्यावसायीक रुपमा च्याउखेती सुरु गरेको वताउनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्