जेष्ठ २९ , दाङ । प्रजातान्त्रिक उद्योग व्यापर संघ तुलसीपुरले शुक्रबार अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अवस्था सार्वजनिक तथा सकुशल रिहाईको माग गदै आज विहान ११वजे सम्म बजार बन्द गरेको छ ।
सम्पर्क विहिन रहेका श्रेष्ठको खोजी र अवस्था सार्वजनिक गर्न प्रशासनलाई दवाव दिने उद्देश्यले यहाँको व्यापार व्यवसाय उद्योग कलकारखाना सवै बन्द गरेको संघका अध्यक्ष जनकप्रसाद खरालले जानकारी दिए ।
त्यस्तै व्यवसायीहरुले मौन (याली निकालेका छन् ।तुलसीपुरमा व्यवसायी एकाएक अपहरणमा पर्ने घटना पटक पटक दोहोरिएपछि यहाँ व्यवसायी चिन्तित बनेका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।