चालक र सहचालक दुवैको ज्यान गयो



सैघाली खबर,
सल्यान, २० माघ –सल्यानमा शुक्रबार राति भएको ट्रिपर दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

दाङबाट पूर्वी रुकुम जाँदै गरेको ट्रिपर कपुरकोट गाउँपालिका वडा नम्बर ३ सम्धीमोडमा दुर्घटना हुँदा ट्रिपरका चालक र सहचालक दुवैको ज्यान गएको हो । दुवै जनाको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ज्यान गएको हो ।

से १ क ५२७ नम्बरको ट्रिपर सिमेन्ट बोकेर दाङबाट रुकुम जाँदै गरेको थियो । ट्रिपर दुर्घटना हुँदा बाँकेको कोहलपुर नगरपालिका १ निवासी चालक २७ वर्षीय ज्ञानकुमार वोहोरा र सहचालक डोटी घर भएका २२ वर्षका रमेश पुन मगरको ज्यान गएको हो ।

शुक्रबार राति ब्रेक फेल हुँदा ट्रिपर सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्