डाक्टरलाई सरुको प्रश्न : पैसा नहुने बिरामी उपचार नपाएर मर्ने हो ?



पश्चिम रुकुम – आठबिसकोट नगरपालिका वडा न.६ दामाचौरकी ३० बर्सिया शिला बिक ज्येष्ठ ४ गते आफ्नै घरमा पेट्रोल पोखिएर घरमा आगलागी हुँदा उनको शरीर जल्यो । स्थानीय अस्पतालले उपचार सम्भव छैन भने पछि रिन , सहयोग जुटाइ कीर्तिपुर अस्पताल गत ७ गते भर्ना भएकी थिइन।

४ सन्तान कि आमा , श्रीमानले मजदुरी काम गर्छन् घरमा एक छाक खान र पेट पाल्न धौधौ परेको बेला कीर्तिपुर अस्पतालको खर्च थेग्न यो परिवार सक्ने अवस्थामा थिएन । आउँदा कोरोना नेगेटिभ भएकी शिला अस्पताल भर्ना भएको ४ दिन पछि उनको रिपोर्ट पोजेटिभ देखियो । कोभिडका बिरामी सबै अन्य अस्पताल गए पछि र डिस्चार्ज भए पछि शिला बिक अस्पतालमा कोभिडको बिरामी एक्लै भइन ।

अस्पतालले एक रातको कोभिड बिरामीलाई बेड चार्ज मात्र रु पाँच हजार लाग्ने भने पछि उनीहरूसँग त्यत्रो पैसा तिर उपचार गर्न नसकेको बत्ताउँछिन् शिलाको दिदी ” मैले डाक्टरसँग हात जोडेर बिरामीलाई अस्पताल मै राखी उपचार गर्दिनु पैसा म खोज्दै गर्छु भन्दा पनि मानेनन् , ५ दिन पछि ड्रेसिङ गर्न आउनु अहिले जानू भनी डाक्टरले पठाइदिए ” ।

भर्ना भएको ८ दिनमा अस्पतालमा उपचार खर्च मात्र रु १ लाख ४५ हजार बुझाएको छन् । पैसा सकिए पछि उपचार गर्दिनु भएन ” उपचारको लागि पैसा नभए पछि हिड्न नसक्ने हात खुट्टा शरीर जलेकी बहिनी लिएर बसपार्क मित्र नगरको एउटा होटेलमा बसे न त फेन छ माथि टिनको छानो बहिनीको पोलेको घाउबाट पानी र पिप आउँछ रातभर छट्पटीएर आत्तिएर कति बेला के होला भन्दै ४ दिन बिताए “।

१७ गते बिहान सरु सुनार होटेलमा पुगी बिरामीको उद्धार गरी पुन कीर्तिपुर अस्पताल बिरामीलाई पुराइएको थियो ।बिरामीलाई ट्रमा सेन्टरमा इमर्जेन्सीमा भर्ना गर्दा बिरामीको शरीर ३०% जलेको र यहाँ उपचार सम्भव नहुने भन्दै अस्पतालले रिफर गरेको थियो । हाम्रो टिम नेपाल र सरु सुनार सहित कीर्तिपुर अस्पताल पुन बिरामी लागि बिरामीको खर्च हामी जिम्मा लिन्छौँ भने पछि अस्पतालले भर्ना लिएको थियो ।

अस्पतालमा डाक्टरहरुसँग बिरामीको यस्तो सिकिस्त अवस्थामा पनि पैसा छैन भनेर अस्पतालले डिस्चार्ज गर्नु यो गलत हो भन्दै बिरामीको अवस्था देखाउँदै यस्तो अस्पतालमा बिरामी उपचारको लागि र बाँच्नको लागि ल्याइन्छ तर तपाईँहरू पैसा नभएको बिरामीलाई उपचार नै नगरी डिस्चार्ज गर्ने ? पैसा हुने मान्छे बाच्ने पैसा नहुने गरिब उपचार नपाएर मर्ने? कि पैसा हुने बिरामीको मात्र उपचार गर्ने हो ? भन्दै डाक्टरलाई प्रश्न गरेकी छिन ।

यस्तो बिरामीलाई डिस्चार्ज गर्नु यो गलत भन्दै “बरु उपचार गरी बिरामी बचाउनुस् तपाईँहरूको अस्पतालको बिल यति पुगेन भन्नुस् तर बिरामीलाई पैसा छैन भनी उपचार नै नगर्ने नगर्नु ” डाक्टर किरण नकर्मीले ४,५ दिन सम्म काम गर्ने डे्सिङ गर्ने र फेरि अस्पताल ड्रेसिङ गर्न आउनु भनेको हो तर बिरामी आफै डिस्चार्ज भएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्