रोल्पाको त्रिवेणी गाउँपालिकामा कोभिड १९ का १० जना कडा खालका बिरामी र ३८ जना सामान्य सङ्क्रमित बिरामीहरू गरी यस गाउँपालिकामा ४८ जना सङ्क्रमितहरू निको भएका छन्। स्वास्थ्य कर्मीको नियमित निगरानी र उपचार पश्चात् निको भएर घर फर्किएका छन् भने पालिकामा गम्भीर खालका २ जना सङ्क्रमितलाई बाहिर रिफर गरेको र उनीहरूको अवस्था पनि सामान्य रहेको स्वास्थ्य प्रमुख पूर्ण बहादुर बुढाले जानकारी दिनुभएको छ ।
त्यसै गरी चेकजाँच गर्दा सामान्य कोरोना सँक्रमित भएका बिरामीहरूलाई उच्च मनोबल र सतर्कता साथ होम आइसोलेसनमा बस्न आग्रह गर्दै जटिल खालको समस्या भएमा हामी र हाम्रो गाउँपालिकालाई सम्पर्क गर्न हुन अनुरोध समेत गर्नु भयो । त्यस्तै आइसोलेसनमा खटिनु भएकी स्वास्थ्य कर्मी मतिकला केसीले प्राय: जसाे बिरामी श्वासप्रश्वासमा समस्या भएको मात्र हाम्रो आइसोलेसनमा अाउँने गरेको पाइन्छ तर पनि गाउँपालिकाको सीमित स्रोत साधन बाट सञ्चालन गरेको अाइसाेलेसनकाे उपचारबाट उहाँहरू निको भएर घर फर्किदा आफूमा भएको कोरोनाको त्रास समेत हराए जाने बताउनु भयो, हाल आइसोलेसनमा २ जना सङ्क्रमित बिरामीहरू स्वास्थ्य कर्मीको निगरानी उपचार त हुनुहुन्छ ।
त्रिवेणी गाउँपालिकामा वैशाख यता १९८जनालाई एन्टिजेन गरेकामा ६७ जनालाई कोरोना पोजेटिभ देखा परेको थियो यस गाउँपालिकामा १५ बेडको अक्सिजन सहितकाे आइसोलेसन सँन्चालनमा छ।त्यस्तै गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले याे परिस्थिति बच्ने र बचाउने समय भएकोले गर्दा सम्पूर्ण ध्यान जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर यस गाउँपालिकाले काम गरिरहेको बताउनु भयो ,सीमित स्रोत साधनको बिचमा पनि स्वास्थ्य कर्मीहरुले अाफनाे सबै ध्यान बिरामीमा राखेर काम गरेकाेले सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद समेत दिनुभयो उहाँले स्वास्थ्यकर्मी लगनशीलता र क्षमताका कारण यस त्रिवेणी गाउँपालिकामा मानवीय क्षति हुनबाट अलि जोगिएको भन्दै कोभिड १९बाट सङ्क्रमित बिरामीहरूलाई स्वास्थ्य लाभकाे कामना गर्दै केही जटिल समस्या भएका गाउँपालिकामा सम्पर्क गर्न आग्रह गर्नु भयो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।