पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा कोरोनाबाट २७ जनाको मृत्यु



जेठ १९, काठमाडौँ । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण प्रदेशका १३ जिल्लाका ८ जना महिला र १९ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । सङ्क्रमणका कारण २६ वर्ष देखि ९३ वर्ष उमेर समूहका व्यक्तिहरूको मृत्यु भएको छ । यससँगै बागमती प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २ हजार ४ सय २४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोनाका कारण सबैभन्दा बढी काठमाडौँमा एक जना महिला र ८ जना पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै ललितपुरमा ४ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ६ जना, नुवाकोटमा २ जना, चितवन, रामेछाप र मकवानपुरमा १/१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्