मुगु । कोभिड–१९ सङ्क्रमणबाट पहिलो पटक यहाँ एक वृद्धको ज्यान गएको छ । मृत्य हुनेमा छायानाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार ती वृद्धलाई अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो । एक हप्तादेखि बिरामी हुँदा पनि ती वृद्ध अस्पतालमा जान नमानी घरमा नै रही जडीबुटी सेवन गर्नुभएको बताइएको छ ।
वृद्धको मृत्युपछि गरिएको एन्टिजिन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताउनुभयो । गत वैशाखदेखि जिल्लामा सङ्क्रमित सङ्ख्या वृद्धि भए पनि मृत्यु भएको थिएन ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।