दिल्ली । कोरोनाभाइरस सङ्क्रमणको कारण भारतमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १ लाख ३२ हजार ७ सय ८८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने २ लाख ३१ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् ।
भारतमा ओरालो लागेको सङ्क्रमण दर केही उकालो लागेको तथ्याङ्कमा देखिएको छ । यहाँ मृत्युदरमा भने कमी आएको छैन । भारतमा अहिलेसम्म कुल २ करोड ८३ लाख भन्दा बढी सङ्क्रमित छन् भने २ करोड ६१ लाख भन्दा बढी डिस्चार्ज भएका छन् । भारतमा अहिलेसम्म ३ लाख ३५ हजार १ सय २ जनाले ज्यान गुमाइसकेका छन् भने १७ लाख ९३ हजार ६ सय ४५ जना सङ्क्रमित रहेका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।