सैघाली खबर,
काठमाडौं, २० माघ –। निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि भोलीसम्ममा सवै मतदान केन्द्रमा मतपत्र पुर्याइसक्ने जनाएको छ । माघ २४ गते देशका ६ वटा प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुदैछ । निर्वाचनका लागि सवै तयारी पुरा भैसकेको तथा भोली सम्ममा निर्वाचन हुने ६ वटै प्रदेशका निर्वाचन केन्द्रमा मतपत्र पुगिसक्ने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभएको छ ।
प्रदेश नम्वर दुइमा भने सवै उम्मेदवारहरु यसअघिनै निर्विरोध निर्वाचित भैसकेका छन । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि १२ हजार मतपत्र छपाइ गरेको जानकारी दिएको छ । निर्वाचन हुने प्रदेशमा १ हजार ६ सय ७७ मतदाता रहेकामा आयोगले १२ हजार मतपत्र छापेको हो ।
यसैविच आयोगले निर्वाचन हुने ६ वटै प्रदेशमा मतगणनाको व्यवस्थापकिय सहजताका लागि ५ जनाका दरले विज्ञहरुको समूह पठाउने भएको छ । मतगणनामा रहने कर्मचारीलाई सहयोगकालागि तथ्याङक विभागका विज्ञसहितको यस्तो टोली पठाउन लागेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।