लकडाउनले बराहक्षेत्र मन्दिरमा २५ लाखको फूलपाती नष्ट, साधु- सन्यासीहरु भोकै



सुबिन विश्वकर्मा(बराह क्षेत्र) कोभिड १९ को दोस्रो भेरियन्टले आक्रान्त पारेको परिस्थितिमा बराहक्षेत्र मन्दिर परिसर पनि अछुतो रहन सकेन । संसारको चार धाममध्येको एक बराह क्षेत्र धाममा कोरोनाकलाले पर्यटनको सङ्ख्यामा कमी भएको त छ नै त्योबाहेक पनि अन्य थुप्रै समस्याहरू आएको जनाइएको छ ।

गत वैशाखदेखि मन्दिर बन्द भएकोले मानिसहरूको आवतजावत बन्द छ’, एक व्यापारीले थपे, ‘अहिलेसम्म त ठिकै छ अबको केही समय लकडाउन लम्बियो भने यहाँका धेरै व्यापारीहरूलाई गाह्रो हुनसक्छ ।’ मन्दिर परिसरमा झन्डै ७० पसल छन् भने २० जना साधु- सन्त तथा सहाराविहीन वृद्धहरू छन् । अहिले मन्दिर बन्द हुँदा सबैजसो पसलहरू बन्द छन् । पूजा सामान, फूलप्रसाद बिग्रिँदै जान थालेकोले २५ लाख बढीको सामाग्री नष्ट भइसकेको ती व्यापारीले बताए । बराह क्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरे भन्छन्, वर्षौँदेखि यही बस्दै आउनुभएका केही वृद्धहरू खानाको समस्या छ ।

उनले थपे, केहिलाई संरक्षण मन्चले खानाको व्यवस्था गरिसकेको छ भने प्राथमिकताको आधारमा सबैलाई व्यवस्था गर्नेछ । २०७२ सालको विनाशकारी भूकम्प, त्यसपछिका पराकम्पन र बर्षायामको बाढीले बराह क्षेत्र मन्दिरको मुख्य आकर्षण बराह कुण्ड ३ इन्च तल भासिएको थियो । संरक्षण मन्चले गत महिना देखी बराह कुण्ड पुन निर्माण सुरु गर्‍यो । यद्यपि लकडाउनले गर्दा सो काम अझै थाती रहेको छ । पाँच वर्षसम्म किन पुनः निर्माणको कामलाई अगाडि बढाउनु भएन भन्ने प्रश्नमा सचिव घिमिरे भन्छन्, हाम्रा अन्य थुप्रै कामहरू थिए, सबैलाई प्राथमिकताको आधारमा गर्दै गयौँ ।

बराह कुण्डको पुनर्निर्माण गर्न अनुमानित २० लाख खर्च हुने आकलन भएको छ तर पर्याप्त बजेट नहुदा काम रोकिएको बुझिन्छ । बराह क्षेत्र संरक्षण मन्च मन्दिर परिसरको संरक्षण तथा प्रवर्द्धनका लागि २०६४ सालमा स्थापना भएको संस्था हो । स्थापनाकाल देखी आजसम्म संस्थाले मन्दिर विकासमा राम्रो योगदान दिएको अध्यक्ष भक्त बहादुर श्रेष्ठको दाबी छ ।

आफ्नो स्थानमा पर्ने सांस्कृतिक सम्पदामाथि स्थानीय सरकारले बेवास्ता गरेको उनको आरोप छ । उनले भनेका छन्, नगर, वडाले बजेट दिँदैन, हामीले बनाउनु पर्दा भक्तजनको भर पर्नुपर्ने हुँदा ढिलो भएको हो । त्यस्तै, बराह क्षेत्र मन्दिर पुग्ने मुख्य सडक चतरा- बराह क्षेत्र सडक खण्ड प्रत्येक वर्षा याममा बाढी तथा निरन्तरको वर्षाले बाटो बन्द हुने समस्या यस पटक पनि ज्युँ का त्युँ रहेको स्थानीय बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्