दुर्घटना

चन्द्रागिरिमा पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु

By Thah Online

June 02, 2021

जेठ १९, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधवार ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी मोहन खाँणले बताए । 

मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षीय टेकबहादुर चेपाङ छन्

पर्खालले थिचेर उदयपुर कटारी घर भएका  २१ वर्षका मिलन तामाङ र  धादिङ गल्छी गाउँपालिका घर भएका १८ वर्षीय हरि घले गम्भीर घाइते छन् ।