पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी पुल्चोकमा दुर्घटना



सैघाली खबर,काठमाडौं, माघ २०। पूर्वगृहमन्त्री जनार्दन शर्माको छोरा र चालक सवार गाडी दुर्घटना भएको छ । गाडी ललितपुरको पुल्चोकमा दुर्घटना भएको हो । तर त्यो गाडीमा शर्मा भने थिएनन् ।

शर्माको छोरा प्रकाश शर्मा र चालक आज बिहान तरकारी किन्न जावलाखेलस्थित जाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार पुल्चोक पुल नजिकै पल्टिएको हो । गाडीमा सवार दुबै जना सकुशल रहे पनि गाडीमा सामान्य क्षति पुगेको छ ।

गाडी दुर्घटनाको कारण भने खुलेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्