जेठ १९, काठमाडौँ । आजका लागि तोकिएको सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार चार बजेलाई बोलाइएको बैठक भोलि बिहीबार जेठ २० गते बस्ने गरी स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाले जानकारी दिए ।
यसअघि पनि गत आइतबारका लागि बोलाइएको बैठक सोमबार हुँदै मङ्गलवार मात्रै बसेको थियो । बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबिच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनलगायतका विषयमा छलफल हुने तयारी थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।