काठमाडौं उपत्यकामा विहान ९ बजेसम्म वर्कसप खुल्न पाइने



काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधन मर्मत सम्भार गर्ने वर्कसप बिहान ९ बजेसम्म खुल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न दिने भएको हो ।

यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो । त्यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खुल्ने भएको छ । ढुवानीका साधन राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन हुन पाउनेछन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा आगामी जेठ ३१ गते मध्यरातसम्म निषेधाज्ञा अवधि थप गरिएको छ । बुधवार बसेको तीनै सिडिओको बैठकले थप आदेशसहित निषेधाज्ञा लम्बाएको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्