देश भर थप ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ जना संक्रमणमुक्त



काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ८०५ नमुना पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती सङ्क्रमित थपिएका हुन् । सङ्क्रमण दर ३२.७ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७२१९ जना सङ्क्रमणमुक्त भएका छन् ।  निको हुने दर ८०.८ प्रतिशत छ । सक्रिय सङ्क्रमित सङ्ख्या १ लाख १ हजार ९९३ पुगेको छ । काठमाडौँ उपत्यकामा बुधवार १,४५६ जना सङ्क्रमित थपिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्