तल्लो जातकोलाई विवाह नगर्ने भनी किशोरीलाई गोठमा बन्दी बनाइ भाग्ने सिवा यादव प’क्राउ



प्रदेश २ सर्लाही विष्णु गाउँपालिका वडा न.७ दुलबाकी १७ वर्षकी मुसहर समुदायकी किशोरीलाई सोही गाउँका सिवा भनिने शिव बहादुर यादवले ललाइ फकाइ बिहे गर्ने प्रलोभन देखाइ गाउँबाट भगाएका थिए । २० दिन घुमाइ ,सँगै लिएर हिँडे अन्ततः २० दिन पछि तिमि दलित हौँ तिमीलाई स्वीकार गर्न सक्दिन तिमि आफ्नो बाटो गर भनी छोडेर भागेको थियो ।

यादव परिवारहरूले दलित केटीलाई बुहारी स्वीकार गर्न नसकिने र सँगै नराख्ने भनी पशु बाँध्ने गोठमा छुट्टै राखेका थिए । स्थानीय दलित युवाहरूको पहल र सामाजिक सञ्जालमा चर्को आलोचना र व्यापक मिडियामा आइसके पछि सम्बन्धित निकायहरूको अझै ध्यानाकर्षण भएको थियो ।

अन्ततः ज्येष्ठ १६ मा गोठमा बन्दी बनाएको १५ दिनपछि महिला शान्ति सेवा केन्द्र प्रमुख वनिता कार्की , जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली , मानव अधिकार , मानव अधिकार सञ्जाल ,महेश पासवान राजेश पासवान ,राजन बैठा ,पचूँ माझी, मुनील पासवान, बचा बाबु बैठा लगायत युवा अधिकारकर्मीहरूको टोली आज बन्दी बनाइएकी दलित युवतिलाई गोठबाट नै १५ दिनमा उद्धार गरिएको थियो ।

कि गोठबाट उद्धार गरी मलंगवा ल्याएको थियो । किशोरीलाई हाल मलंगवा नगरपालिकाले सञ्चालन गरेको महिला शान्ति केन्द्र (सेफ हाउस) मा राखिएको छ । विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय युवक शिवा भनिने शिवकुमार यादव विरुद्ध १७ वर्षीय ती किशोरीले अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी सम्बन्धी किटानी जाहेरी दिएकी हुन् ।

जाहेरी पछि फरार रहेको याद आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरिले जानकारी गराएका छन् । म्याद थप गरी अनुसन्धान अगाडी बढाइने प्रहरी नायब उपरीक्षक मदन कुवरले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्