जेठ १९ , काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सरकारले बजेटमार्फत सार्वजनिक गरेको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने विषय तत्काल खारेज गर्न माग गरेका छन् ।
बुधवार आफ्ना भनाई सार्वजनिक गर्दै प्रचण्डले असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा कुर्सी बचाउन खोजेको उल्लेख गरेका छन् ।
साथै उनले तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् भन्दै माग गरेका छन् ।सरकारले बजेटमार्फत भारतसँग व्यापार घाटा कम गर्न नेपालको चुरे क्षेत्रको ढुङ्गा, गिटी, बालुवा भारतमा निकासी गर्ने योजना सार्वजनिक गरेको थियो । सरकारको सो नीतिलाई लिएर चौतर्फी रूपमा विरोध भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।