भरतपुर अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारीमाथि दूर्व्यवहार



चितवन । भरतपुर अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारीमाथि सोमबार मध्यरातमा अज्ञात व्यक्तिहरूले दुर्व्यवहार गरेका छन् । उनीहरूले अस्पतालको फार्मेसीमा काम गरिरहेका फार्मासिस्ट प्रभात पौडेलमाथि गाली गलौच र भौतिक आक्रमणसमेत गरेको अस्पताल विकास समिति युनियनले जनाएको छ ।

युनियनले यस घटनाबारे प्रहरी तथा प्रशासन समक्ष ध्यानाकर्षण गराएको छ । सोमबार मध्यरातको १२ बजे अस्पतालको फार्मेसीमा आएका व्यक्तिहरूले फार्मासिस्ट पौडेललाई औषधि उपलब्ध गराउन किन नसक्ने ? तिमी को हौ ? करारका कर्मचारी भएर ठुला कुरा गर्ने ? तिमीलाई म को हो ? चिनाउन परेको हो ? भन्दै तथानाम गाली गलौच गरेका थिए ।

त्यस्तै उनीहरूले फार्मासिस्टहरुले केही दिन पहिले गरेको आन्दोलनको विषयमा केही नहुने भन्दै अस्पतालको फार्मेसीमा हुने गरेको अनियमितता रोक्न कसैले नसक्ने भन्दै धम्की दिएका छन् । मदिरामा लट्ठ उनले अस्पतालको फार्मेसी स्टोरमा काम गर्ने एक कर्मचारी आफ्नो भाइ भएको र फार्मासिस्टको आन्दोलनले केही नहुने भन्दै गाली गलौच गरेका छन् ।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सुरु गरिसकेको छ । ती व्यक्ति कुनै अन्य अस्पतालको कर्मचारी भएको दाबी गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्