गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट थप १३ जनाको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १३ जनाको मृत्यु भएको हो ।  गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १३ जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद बिन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार कास्कीमा ४,लमजुङ २, तनहुँ २,स्याङ्जा ३ र गोरखामा २ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।  पोखरा–१२ का ३२ वर्षीय पुरुष, पोखरा–१५ का ५८ वर्षीय पुरुष, पोखरा–१७ का २९ वर्षीय पुरुष, पोखरा–७ का ८५ वर्षीय पुरुष, तनहुँ भिमाद–२ का ४९ वर्षीय पुरुष, ब्यास–७ का ६३ वर्षीय पुरुष, स्याङ्जा गल्याङ–३ का ४९ वर्षीय पुरुष, काली गण्डकी–२ की ५७ वर्षीय महिला, बिरुवा–३ की ६२ वर्षीय कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यसै गरी लमजुङ मध्ये नेपाल–१ का ६० वर्षीय पुरुष, बेशीसहर–२ का ८० वर्षीय पुरुष, गोरखा पालुङटार–५ का ५४ वर्षीय पुरुष र सिरानचोक–३ का ४० वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७०७ पुगेको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्