“मर्दा लानु के छ र”



कविता
राज कुमार कार्की

आर्य घाट पनि कसैको निजी हुँदैन
आफू बिना आज यहाँ कोही रुँदैन।
आफू बाहेक यहाँ आफ्नो कोही हुँदैन
स्वार्थ बिना त दुनियाँमा कोही रुँदैन।।

रुदैछन् त केवल ती आ-आफ्नै स्वार्थमा
चिन्ता किन गर्छौ फेरि अरूको व्यर्थमा।
चिन्ताले पुर्‍याऊ छ आफैलाई चितामा
आखिर पुग्ने त्यही नदी किनार भित्तामा।।

सब छन् यहाँ आ-आफ्नै स्वार्थमा
नगर चिन्ता अब त फेरि अरूको व्यर्थमा।
तेरो मेरो भनी किन गर्छौ जीवनमा बेकार!
आनन्दले गर है अब यो संसार वन विहार।।

तिमी जन्मँदा हाँस्छन् आ-आफ्नै स्वार्थमा
मर्दा रुन्छन् फेरि सब जन आखिर व्यर्थमा।
रुन्छन् जीवनमा मिल्दैन केही भनी स्वार्थमा
भो नगर है अब त अरूको चिन्ता व्यर्थमा।।

किन गर्छौ बाचुन्जेल लोभ पाप बेकार
दुनियाँले गर्नेछन् तिम्रो नाम लिएर धिक्कार।
जानु छ सेतो कपडामा बेरिएर बाँसमै सुतेर
किन समय खेर फाल्छौ व्यर्थ यताउता कुदेर!

नाम लेउ जीवनमा अब त उनै हरिको
सार्थक हुन्छ मानव जीवन जुनी भरिको।
बोल हरि तेरो मेरो भन्ने अब सब त्यागेर
बोल हरि उनैको नाउँ एक चित्तै लागेर।।

खाली हात नै आयौ खाली हात नै जान्छौ
आखिर फकिर रहेछ जीवन के नै लान्छौ!
आखिर जप्नै पर्ने रहेछ राम नाम सत्य हो
मर्दा लानु के छ र किन गर्छौ मरिहत्ते हो।।

धन्यवाद।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्