महेश सिंह / रासिन्द्र यादव
सिराहा लहान २० ज्येष्ठ – सप्तरीको बलान बिहुल गाउँ पालिका वडा नम्बर १ मा यात्रु प्रतीक्षालयको सिल्यानास कार्यक्रम सम्पन्न भएको छ। पूर्व मन्त्री तेजु लाल चौधरीको आर्थिक सहयोगमा उक्त प्रतीक्षालय निर्माण हुन् लागेको हो ।
घाम र पानी बाट छलन यात्रुलाई सहजताको लागी उक्त प्रतीक्षालय बनाउन लगेको हो।सगरमाथा उपभोक्ता समिति गठन गरी ४ लाखको आर्थिक लागतमा प्रतीक्षालय निर्माण हुन् लागेको हो । उपभोक्ता समितिको अध्यक्षमा राधे श्याम यादव,कोषाध्यक्षमा बिना देवी यादव,सचिवमा उमेश कुमार यादव,लगायतका ब्याक्तीहरु गठन गरेका हुन्।
सार्वजनिक प्रतीक्षालय निर्माण गराउने जिम्मा गाउँ पालिकाको प्राविधिक श्रावण साहको रहेको स्थानीयले बताए । निर्वाचित जन प्रतिनिधि तथा वडा सदस्य धनवीर यादव र वरिष्ठ समाज सेवी तथा पूर्व वडा अध्यक्ष राम नारायण यादव लगायतका व्यक्तिहरूले सार्वजनिक प्रतीक्षालयको सिल्यानास गरेको हो ।
उक्त कार्यक्रममा शिक्षक बिसेश्वर यादव समाज सेबि निर्मल यादव मुसहरु यादव,सत्यनारायण यादव ,शिव राम यादव,प्रमान्द यादव लगायतका व्यक्तिहरूको कार्यक्रममा सहभागी रहेको स्थानीय युवा वरिष्ठ समाज सेवी तथा सादगी प्रबिन चौधरीले जानकारी दिनु भयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।