बोटबिरुवाको पनि डिएनए परीक्षण



सैघाली खबर,
ललितपुर २० माघ । मानिस र जनावरको जस्तै बोटबिरुवाको पनि डिएनए परीक्षण शुरु भएको छ । खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान९नास्ट० ले बोटबिरुवाको फूल, पात बोक्रालगायत भागबाट डिएनए परीक्षण थालेको हो ।

वनस्पतिमा रहेको आशिंक गुणका आधारमा परीक्षण गर्न थालिएको नाष्टमा कार्यरत वैज्ञानिक डा रामचन्द्र पौडेलले बताए । दिगो उपयोगका लागि नीति बनाउन सहयोग पुग्ने पनि वैज्ञानिक डा पौडेलले बताए ।

विभिन्न देशहरुले आफूसँग भएका वनस्पतिको प्रजातिसहितको विवरण इन्टरनेटमा हालेका छन् । ‘परीक्षण गर्नुपर्ने वनस्पति प्रयोगशालामा पहिले परीक्षण गरिन्छ, त्यसमा भेटिएको गुण इन्टरनेटमा भएका वनस्पतिसँग जुधाएर हेरिन्छ, केही गुण धेरै वटासँग मिल्न सक्छ,’ उनले भने, ‘सबै भन्दा बढी गुण जुनसँग मेल खान्छ, त्यो वनस्पति त्यही हो भनेर चिनिन्छ ।’

बर र पिपलमा खुल्ला आँखाले देख्दा कतिपय समानता देखिन्छ । प्रयोगशालामा समेत कतिय गुण मिल्ने उनले बताए । यसलाई इन्टरनेटमा राखिएको बिरुवासँग भिडाउदा मात्रै त्यसमा भएको फरक गुण पत्ता लाग्छ । वनस्पतिको स्वरुप परिवर्तन हुँदा खुल्ला आँखाले नछुटाउने भए पनि डिएन परीक्षणबाट त्यो छुटाउन सकिने डा पौडेलको भनाई छ ।

डिएनए गरेर अरुसँग नमिल्ने गुण भेटिएकालाई प्रकाशन गर्दा यो हाम्रो देशमा मात्रै पाइने बिरुवा भन्ने प्रमाणित हुने नास्टका विज्ञान शाखा प्रमुख जयश्री सिजापतिले बताए । सरकारले लोपन्मुख भनेर सूचीकृत गरेका २२ प्रकारका बोटबिरुवामा केन्द्रीत भएर काम गरिरहेको प्रमुख सिजापतिको भनाइ छ ।

यसअघि मान्छेको र जनावरको मात्रै डिएनए परीक्षण हुने गरेको थियो । नास्टअन्तर्गतको विधि विज्ञान प्रयोगशालाले अघिल्लो वर्षबाट मात्रै जनावरको डिएनए शुरु गरेको हो । अदालतमा मुद्दा परेपछि अनुसन्धानका लागि जनावरको डिएनए परीक्षण हुँदै आएको छ । नास्ट आफैँले भने अध्ययन गरेर नयाँ कुरा पत्ता लगाउनका लागि जनावरको डिएनए गर्दैआएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्