प्रहरी प्रमुखको कार्यालय तत्काल सार्न मिल्दैन : प्रहरी महानिरिक्षक अर्याल



सैघाली खबर
दाङ,२० माघ

आज घोराहीमा एक कार्यक्रम मार्फत नेपाल प्रहरी प्रमुख प्रहरी महानिरिक्षक प्रकाश अर्यालले प्रदेश प्रहरी प्रमुखको कार्यालय तत्काल सार्न नमिल्ने बताउनु भएको छ । सरकारले बुटवललाई प्रदेश राजधानीको मुकाम तोके पछि दाङमा रहेको प्रदेश प्रहरी प्रमुखको कार्यालय अब के हुने भन्ने जिल्लाबासीमा चासो रहँदै आएको थियो ।

नेपाल पत्रकार महासंघ दाङ र नागरिक समाज दाङले नागरिक अभिनन्दन तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रहरी प्रमुख अर्यालले स्रोत साधनका हिसावले पनि तत्कालका लागि प्रदेश प्रहरी प्रमुखको कार्यालय नसर्ने बताउनुभयो । ‘राजधानीको विषय सरकारको विषय हो ।’ उहाले भन्नुभयो, ‘कम्तीमा यो आर्थिक वर्ष भित्र प्रदेश प्रहरी प्रमुखको कार्यालय सार्न साकिदैँन ।’

दाङका पुराना अपराधका घटनाहरु अहिले पनि अनुसन्धानकै घेरामा रहेको भन्दै उहाले कुनै पनि बहानामा यस्ता घटनाहरुको अनुसन्धान रोक्न नमिल्ने बताउनुभयो । प्रहरीसंग न्युन स्रोत साधनहरु भएपनि अधिकतम रुपमा प्रयोग गर्दै जनताको शान्ति सुरक्षाका लागि काम गर्न प्रहरी कटिबद्ध रहेको बताउनुभयो ।

आफ्नो आँखामा ७७ जिल्ला र सातै प्रदेशको समान दायित्व रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा प्रहरी महानिरिक्षक प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतमले अर्यालको सफलता उहाको ब्यक्तिगत सफलता मात्रै नभएर सिंगो दंगाली र नेपालीहरुको सफलता भएको बताउनुभयो ।

नागरिक समाज दाङका सचिब चन्द्रराज पन्तको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका सचिब भुपेन्द्र वलीले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्