दिल्ली । भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १ लाख ३४ हजार १ सय ५४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने २लाख ११ हजार ४ सय जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार भारतमा पछिल्ला केही दिनदेखि सङ्क्रमितको सङ्ख्यामा निकै कमी आएको छ । अहिलेसम्म २ करोड ८४ लाख भन्दा बढी सङ्क्रमित छन् भने २ करोड ६३ लाख भन्दा बढी सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म कुल ३ लाख ३७ हजार ९ सय ८९ जनाले ज्यान गुमाइसकेका छन् भने हाल १७ लाख १३ हजार ४ सय १३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।