झलनाथ र माधव पक्षद्वारा बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन एमाले संस्थापनको निर्देशन



जेठ २०, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षद्वारा बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन निर्देशन जारी गरेको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एमाले बिहीबार (आज) अपराह्न ४ बजे स्थायी कमिटी बैठक बोलाएको छ । तर असन्तुष्ट नेता खनाल र नेपाल समूहले भने बिहीबार नै छुट्टै केन्द्रीय कमिटी बैठक (भर्चुअल माध्यमबाट) बोलाएको छ ।  ओली पक्षले भने खनाल-नेपाल पक्षद्वारा बोलाइएको बैठक असंवैधानिक रहेको भन्दै कोही पनि सहभागी नहुन निर्देशन दिएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यहरूलाई सहभागी नहुन सूचित गरेका छन् ।

 विज्ञप्तिमा हेर्नुहोस, 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्