संक्रमितको उपचारमा खटिएका चिकित्सकको मृत्यु



जेठ २०, काठमाडौँ । भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को सङ्क्रमणबाट मृत्यु भएको छ ।

काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीय डा.पशुपति रजौरियाको बुधवार राती मृत्यु भएको हो । डा.रजौरियाको सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिए ।

कपिलवस्तु घर भएका डा.रजौरियाको केही महिनाअघि मात्र विवाह भएको थियो । उनीसँगै श्रीमती पनि कोभिड सङ्क्रमित भएकी थिइन् । श्रीमती डा.हसिना वानु सङ्क्रमणमुक्त भए पनि डा.रजौरियाको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

उनीहरू दुवै जना सोही अस्पतालमा कार्यरत थिए । श्रीमती वानु प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । प्रशासन प्रमुख गुरुङका अनुसार सो अस्पतालमा मात्रै १ सय ६० जना स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएका छन् ।  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्