कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किएर ६ महिने बालकको मृत्यु



धनगढी । लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने बालकको मृत्यु भएको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका-५ सुकासालका भूपेन् चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बुधवार अपराह्न साढे ४ बजेतिर बालकको घाँटीमा लिचीको दाना अड्किएपछि उपचारका लागि महाकाली अस्पताल पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेको जानकारी दिए । बालकले आगनमा खेल्दै गर्दा लिची खाएको प्रहरीको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्