बाँकेको विभिन्न अस्पतालमा थप ७ जना कोरोना सङ्क्रमितको मृत्यु



जेठ २० , काठमाडौँ । बाँकेको विभिन्न अस्पतालमा थप ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुधवार ७:३० बजे साँझदेखि बिहीबार दिउँसो २:३० बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्ला स्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३ जना बर्दिया, १/१ जना दाङ, दैलेख, सल्यान र रुकुम का छन् ।

भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका-२ बर्दियाका ३४ वर्षीय पुरुषको बुधवार साँझ ७:३० बजे र बढैयाताल गाउँपालिका-३ बर्दियाकै ५५ वर्षीय पुरुषको बुधवार राति ११: ४० बजे मृत्यु भएको छ ।
यस्तै बाँसगढी गाउँपालिका- ६ बर्दियाका ६६ वर्षीय पुरुषको बिहीबार दिउँसो २:३० बजे युनाइटेड अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै कालीमाटी गाउँपालिका-१ सल्यानका ३७ वर्षीय महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार बिहान ८:३० बजे मृत्यु भएको छ भने बाफिकोट-४ रूकुमका २९ वर्षीय पुरुषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा बिहान १०:१५ बजे मृत्यु भएको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका-६ दाङकी ६५ वर्षीय महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा बुधवार राति १०:२० बजे मृत्यु भएको छ भने आठबीस नगरपालिका-४ दैलेखकी ३० वर्षीय महिलाको बुधवार राति ११:५५ बजे मृत्यु भएको छ ।

योसँगै कोरोना सङ्क्रमणबाट बाँके जिल्लाभित्रका २९६ पुगेको छ भने अन्य जिल्ला बाहिरका ३०२ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्