महेश सिंह महतो सिरहा लहान २० ज्येष्ठ – “सके सहयोग गरौँ नसके घरमै सुरक्षित बसौँ” भन्ने मुलनारा को साथ कुशवाहा राहत सङ्कलन तथा वितरण महा अभियान ले शनिवार विराटनगर महा नगरपालिका वडा नम्बर १ मा र सोमबार वडा नम्बर १२,१३, र १४ मा स्वास्थ्य सामग्रीमा,मास्क,सेनिटाईजर , हात धुने साबुन वितरण गरिएको छ ।
महा अभियान का संयोजक गुनानन्द महतो को नेतृत्वमा स्वास्थ्य सामाग्री वितरण गरेका हुन् । उक्त अभियानमा महानगर समाजको वडा अध्यक्ष चनदन सिंह ,बब्लु मेहता,सुरेश महतो,राजेश महतोको सहभागिता रहेको थियो ।
हाम्रो वाडमा समाजको तर्फ बाट पहिलो चोटि स्वास्थ्य सामाग्री वितरण गरेका छन् । कुशवाहा राहत सङ्कलन तथा वितरण अभियानका अभियन्ता सुरेश महतोका अनुसार जीवनमा पहिलो चोटि महा अभियानमा आफू सहभागी हुँदा खुसी भएका थिए । अर्का अभियन्ता राजेश महतोका अनुसार सेवा नै धर्म हो भन्दै सम्पूर्ण समाजका अगुवाहरूलाई अभियानमा सहभागी हुनुपर्ने बिचार राखेका थिए । उक्त स्वास्थ्य सामाग्री पाएपछि स्थानीयहरूले खुसी भएका थिए ।
महा अभियानका संयोजक गुनानन्द महतोले सामाग्री बाडदै चेतनामूलक सल्लाह सुझावहरू दिएका हुन्।विराटनगरमा यो कार्यक्रम पहिलो नै हो संयोजक महतोले बताउनु भयो । पहिलो चर्नको कार्यक्रम लगत्तै दोस्रो चरणको कार्यक्रम संन्चालनमा ल्याउने बताए।
दोस्रो चरणमा खाद्यान्न सामाग्रीहरु जस्तै चामल,दाल , नुन , तेल र आलु महानगर मा करिब ४० देखि ५० गरिब तथा अति विपन्न घरमा वितरण गर्ने योजना रहेको छ समिति सदस्य मङ्गल महतोले जानकारी दिनु भयो। साथै पहिलो चरण को कार्यक्रम (स्वास्थ्य सामाग्री) सुनसरी को भोकराहा नर्सिङ गाउँपालिका बाट सुरु गर्ने योजना रहेको छ । सप्तरीमा पनि अभियानको भव्य तयारीमा जुटेका छन्। कुशवाहा राहत सङ्कलन तथा वितरण महा अभियानका अभियन्ता सदस्य रामनारायण मेहताले जनाए ।
कुशवाहा राहत सङ्कलन तथा वितरण महा अभियान संयोजक गुनानन्द महतो का अनुसार यो विषम घडिमा सबैको साथ सहयोगको खाचो रहेको कुरामा जोड दिएका थिए ।अभियानका संयोजक गुनानन्द महतोले जानकारी दिनु भयो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।