रुपन्देही । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । कोरोना सङ्क्रमणमा कमी आए पनि सङ्क्रमणको जोखिममा कमी नआएकाले निषेधाज्ञा थप्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
यसअघि प्रशासनले जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै थियो । जिल्लामा कोरोना सङ्क्रमणको दर घटे पनि जोखिम कायम रहेकाले निषेधाज्ञाको अवधि थप भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।
आज दिउँसो १ बजे डिसिएमसीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोरोना दोस्रो लहरको कोरोना रोकथाम तथा नियन्त्रणका लागि रुपन्देहीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा निरन्तर भइरहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।