दाङमा जवरजस्ती करणी मुद्धामा फरार ८४ वर्षीय वृद्ध पक्राउ



जेठ २०, घोराही । दाङमा जबरजस्ती करणी मुद्धामा फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ भकारे बस्ने ८४ वर्षीय रामु केसी रहेका छन् । 

 उनलाई प्रहरीले बिहीबार बिहान साढे दश बजे पक्राउ गरी सजाय भुक्तानका लागी दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । 

अदालतले केसी विरुद्ध २०७६ /८/२६ गते जबरजस्ती मुद्धामा दोषी ठहर गदै सात वर्ष पाँच महिना आठ दिन कैद र दुई लाख पच्चिस हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । फरार हुँदै आएका अभियुक्तलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्