जेठ २० , काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट १८ हजार ५६२ जनाको परीक्षण भएको छ ।
यससँगै देशभर कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको सङ्ख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । यस्तै मृतकको कुल सङ्ख्या ७ हजार ६३० पुगेको छ ।
हाल देशभर कोरोनाको सक्रिय सङ्क्रमित १ लाख १ हजार ८३९ जना रहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।