सैघाली खबर
बुटवल, २१ माघ
प्रदेश ५ को पहिलो प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभाको भवन बुटवल उद्योग बाणिज्य संघलाई सिंगारिएको छ । रुपन्देहीका जेष्ठ सदस्य ७९ बर्षीय बलदेव शर्मा पोखरेलले पहिलो बैठकको सभामुखको भूमिका निर्वाह गर्नेछन । प्रदेश ५ को बैठकलाई ऐतिहासिक बनाउन सबै हिसाबले तयारी भएको जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले बताए । बैठक शुरु हुनसाथ सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाको प्रदेशसभा आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम हुने छ ।
आइतबार नै प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ वटा दल एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका एक एक सदस्यले सम्बोधन गर्ने कार्यक्रम छ । अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधि पास गर्ने कार्यसूची पनि छ ।
प्रदेश सांसद र नेताहरु बुटवल केन्द्रित
प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकको संघारमा नेताहरु बुटवल आउनेक्रम जारी छ । विभिन्न पार्टीका केन्द्रीय नेताहरु बुटवल आएका छन् ।बाँके, बर्दिया, दाङ, रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँचीका सांसदहरु बुटवल आएका छन् । पालपा, नवलपरासी पश्चिमका सांसदहरु नजिक भएकाले अधिकांश आईतबार विहानसम्म सप्रदेशसभा भवनमा आइपुग्ने छन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।