माधव पक्षकाे निष्कर्ष : ओली जेठ २ मा फर्कन सहमत नभए नयाँ पार्टी गठन



जेठ २०, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठकमा नयाँ पार्टी गठन गर्ने विषयमा छलफल भएको छ ।

बिहीबार बसेको भर्चुअल बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएका अनौपचारिक छलफलमा जेठ २ मा फर्कने भनिए पनि ओलीले अल्झाएकाले अब त्यसमै अल्झिरहन नहुने नतहरूले धारणा राखेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार केही समय तोकेर विवाद समाधान गर्न अन्यथा अलग पार्टी बनाउन सुझाव दिइएको थियो ।

बैठकमा अधिकांश नेताले एकता बचाउनका लागि जेठ २ मा फर्किन ओली तयार छन् भने त्यसअनुसार अघि बढ्नुपर्ने बताएका थिए। तर अलमल्याउने हो भने पार्टी पुनर्गठन गरेर अघि बढ्नु पर्ने बताएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्