पोखरामा निषेधाज्ञा जेठ मसान्तसम्मै लम्बियो



पोखरा । कोरोनाभाइरस जोखिम न्यूनीकरणका लागि कास्की जिल्लामा लगाइएको निषेधाज्ञा जेठ मसान्तसम्मै लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै जेठ ३१ गते मध्यरातसम्म निषेधाज्ञा कायमै रहने निर्णय गरेको हो । पोखरामा थप गरिएको निषेधाज्ञा जेठ २१ गते मध्यरातदेखि लागु हुनेछ ।

निषेधाज्ञा अवधिभर पोखरामा खाद्यान्न, फलफूल, तरकारीका पसलहरू बिहान ९ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् । अत्यावश्यकबाहेक घरबाहिर निस्कन रोक लगाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्