नेता चौधरी प्रति जनता समाजवादी पार्टी नेपाल द्वारा भावपूर्ण श्रद्धाञ्जली व्यक्त



कपिलवस्तु , जेठ २० जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु का वरिष्ठ नेता तथा विजय नगर गाउँपालिका वडा नं-६ धनसरा निवासी प्रगतिशील लोकतान्त्रिक राजनीतिक मधेस आन्दोलन मा अग्र भूमिका मा रही लामो समय देखि सक्रिय रहँदै आउनु भएका वैचारिक , सङ्घीयता , पहिचानवादी , न्याय प्रेमी शालीन व्यक्तित्वका धनी लोक प्रिय नेता राम प्रकाश चौधरी (बड्कु बाबू ) अल्प आयुमा उपचार को क्रममा भारत को लखनउ स्थित शहरा हस्पिटल १९ गते ५० वर्ष को उमेरमा असामाजिक निधन भएको छ ।

राम प्रकाश चौधरी प्रति जनता समाजवादी पार्टी नेपाल को तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँ को शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस भनी जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति कपिलवस्तु का अध्यक्ष शैलेन्द्र कुमार यादव ले प्रेस विज्ञप्ति निकालेर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्