नेकपा माओवादी केन्द्रले मस्टा गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन



बझाङ । नेकपा माओवादी केन्द्र र अखिल भारत एकता मञ्चको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्लाको मस्टा गाउँपालिकामा रहेका विभिन्न बस्तीमा गएर आज बाट शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर १ देखि ७ सम्मका विभिन्न बस्ती घरघरमा पुगेर निःशुल्क औषधि सहित स्वास्थ्य शिविर सञ्चालन गरिएको रामचन्द्र रोकायाले बताए । पहिलो दिनमा १८० जनाले सेवा लिएका छन् भने ५०० सय जनाले माक्स पाएको रेस खड्काको भनाइ छ ।

पहिलो दिनमा सेवा दिन मस्टा गाउँपालिका स्वास्थ्य प्रमुख लगायत डाक्टर भीम बहादुर बोहरा रमेश कामी रवीन्द्र बोहरा रमेश खड्का लगायतका डाक्टरहरू शिविरमा सेवा दिँदै आएका छन् ।

शिविर मस्टा गाउँपालिका नेकपा माओवादी केन्द्रका अखिल भारत एकता मञ्चमा आबद्ध विदेशी दाजुभाइ दिदीबहिनीहरू र नेता शिवराज जोशी लगायत धेरै स्थानीय सहयोगी हातहरूका आर्थिक सहयोगमा सञ्चालन भएको हो ।

शिविरमा गाउँघरका बुडाबुडीहरू भन्छन् हामीले बजार जान सक्दैनौ हाम्रो घरघरमा शिविर ल्याउने माओवादी लाई धन्यवाद दिन चाहानै सहयोग गर्ने सबै लाई धन्यवाद दिनुभएको छ ।

रामचन्द्र रोकायाको सँयाेजग त्वमा नेता शिवराज बोहरा रेस खड्का प्रकाश अाेखेडा रवीन्द्र बोहरा भरत आग्री लगाए तले सहयोग गरिरहनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्