काठमाडौं । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीलाई कारबाही गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणलाई दण्डनीय बनाउन एउटा अध्यादेश ल्याउने निर्णय भएको छ ।
डाक्टरहरूको पनि माग थियो,’ उनले भने । केही दिनअघि भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण भएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।