घोराही । दाङको घोराही मुर्कुटी सडक खण्डमा चल्ने टिप्परहरुको ओभर लोड तथा गति कन्ट्रोलिङको विषयमा छलफल गरिएको छ । दाङको बंगलाचुली गाउँपालिकाको आयोजनमा बिहीबार सर्वपक्षीय छलफल गरिएको हो ।
भर्खरै पहिलो चरणको कालोपत्रे गरेको सडकमा ट्रिपरहरु सञ्चालनमा आएपछि बाटो भत्किन सुरु गरेको भन्ने जनगुनासो बढेपछि बंगलाचुली गाउँपालिकाको अगुवाइमा छलफलको आयोजना गरिएको हो । सो अवसरमा घोराही सिमेन्ट उद्योग,सम्राट् सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट का चुनढुङ्गा बोक्ने टिप्परहरुमा टाइम कार्ड लागु गर्ने,सडक मापदण्ड अनुसार किलिङ्कर ढुवानी गर्ने लगाएको सहमति गरिएको छ ।
बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,सिमेन्ट उद्योगका प्रतिनिधि,टिप्पर व्यवसायीका प्रमुख तथा प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।