कविता
राज कुमार कार्की
सूर्यमा बादल लाग्दा सत्तामा पसिना आउने मेरो देश!
नागरिकलाई बन्धक बनाइ सत्तामा भर्ती खोल्ने मेरो देश!
प्राकृतिक साधन र श्रोतको दोहन गर्ने मेरो देश!
कठै!महिलालाई पति र श्रीमान भन्नु पर्ने मेरो देश!
भोट किनेर जहिल्यै नोट जम्मा गर्ने मेरो देश!
नागरिकता लिलाम गरेर विदेशीको गुलाम गर्ने मेरो देश!
हिउँ जमाएर मात्रै घिउ पगाल्ने मेरो देश!
शरीरमा कपडा लगाएर पनि लाज नछोपिने मेरो देश!
मध्य रातमा धारा खोलि त्यो पर्दैन हीही गर्ने मेरो देश!
चुच्चे नक्साको केक काटी किताबमा छापेर र पढ्न नमिल्ने मेरो देश!
निर्मलाहरुका चीत्कार नसुन्ने सधै सत्ताको मात्रै तानाबाना बुन्ने मेरो देश!
दुई मिनेट माननीय सदस्य भन्दै हिन्दू धर्म लिलाम गर्ने मेरो देश!
न्यायमा मतदान हुने अन्यायमा मौन बस्ने मेरो देश!
भर्ती गर्दा अनिवार्य शैक्षिक योग्यता चाहिने हाजिर ल्याप्चे हुनुपर्ने मेरो देश!
सधै भीक मागेर सत्ता चल्ने खाडीको पसिनाले चिसो चुलो जल्ने मेरो देश!
धन्यवाद ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।