पूराना कम्युनिस्ट नेता पूर्वसांसद तामाङको निधन



जेठ २१, काठमाडौँ । पूर्व सांसद एवं कम्युनिस्ट नेता विष्णु बहादुर तामाङ (बीएल वाइबा)को निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ घर भएका पूर्व सांसद तामाङको ७८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

पूर्व सांसद तामाङ पछिल्लो समय कोरोना सङ्क्रमित भएका थिए । तर उपचारपछि निको भइसकेका बेला सुगरको मात्रा एक्कासि बढेपछि झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा उनको निधन भएको बताइएको छ ।

गाउँमै दाहसंस्कारका लागि उनको शव ल्याउन लागेको कर्जन्हा ५ का वडाध्यक्ष भुषण खातीले जानकारी दिए । उनका अनुसार उनी २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्