एकै दिन १५ सयले घट्यो सुन, कति छ आज ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ । बिहीबार छापावाल सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यसै गरी, आज चाँदीको मूल्यमा पनि तोलामा ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्