छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिन दलित युवालाई मन्दिरमा बाधेर कुटियो



रौतहट जिल्ला दुर्गा भवानी गाउँपालिका वडा न.५मा दलित युवा शम्भु पास्वानलाई स्थानीय राजदेव गिरी, रंजन गिरि र लालु सिङ्गले मन्दिरमा हात बाधेर लौरोले निर्मम कुटपिट गरेका छन् । गत २० गते बिहीबारका दिन राजदेव गिरीले फोन गरी बोलाए पछि पिडित् शम्भु पास्वानले आफ्नो बुबालाई साथमा लिएर मन्दिरमा जान साथ हात बाधी निर्मम कुटपिट गरेका थिए ।

दलित युवाको खल्तीमा एउटा सानो कागजमा मोबाइल नम्बर भेटिएको र कसको हो भन्दा ती युवाले नभने पछि बाधेर कुटेको प्रत्यक्षदर्शीले थाहाअनलाइनलाई बताए । छोरालाई कुटेको थाहा पाए पछि बाउलाइ छोराले बचाउ भनी बाउतिर आउँदा ती दलित युवाको बाउलाइ समेत लछारपछार गरेका थिए ।

आफ्नो नाम नबताउने सर्तमा सोही गाउँका एक युवाले भने यिनीहरू ठुला जातले दलितलाई यस्तै हेप्छन र छुवाछूत गर्छन् । आफूहरूलाई राजा नै सम्झी यस्तै हर्कत गर्छन् के गर्नु दलित समुदायले न त आवज उठाउन सक्छ न न्याय पाउन नै यसरी सहेर बस्न बाध्य छन् । आज ज्येष्ठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको १५ वर्ष भएको छ ।

आज विशेष जातीय भेदभाव तथा छुवाछूत मुक्त दिवस भन्दै विभिन्न कार्यक्रम गरी देश भरी अनलाइनबाट पनि मनाइरहेका छन् । रास्ट्रपतिले समेत आजको दिनलाई शुभकामना दिएकी छिन तर आज कै दिन दलित युवा माथि यसरी कुटपिट भएको घटना सार्वजनिक हुनु यो अत्यन्तै निन्दनीय हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्