के छोराले सम्हालान् त नेता जोशीको राजनीतिक विरासत ?



राहुल गुप्ता

तनहुँमा अर्थात् नेपाली काँग्रेसको वृत्तमा गोविन्दराज जोशीलाई नचिन्ने व्यक्ति बिरलै होलान् । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी बि.सं २००६ सालमा तनहुँ जिल्लाको रुपाकोट स्थित खाल्टेमा जन्मेका हुन्।जोशी गाउँका मुखियाका छोरा हुन् । जोशीका बुबा पदमराज जोशी तत्कालीन समयका गाउँ मुखिया थिए । महामानव बि.पी कोइलाबाट प्रभावित भएर पन्ध्र वर्षको कलिलो उमेरबाट नै जोशी नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । २०२४ सालमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष भएर काम गरेका जोशी २०२६ सालमा ९ जना सदस्य लिई तनहुँ काँग्रेस जिल्ला कार्यसमिति गठन गरेको बत्ताउँछन् । काँग्रेसमा काम गर्दै जाँदा बि.सं २०३० सालमा तनहुँ काँग्रेसका सचिव तथा उपसभापति भएका थिए ।

तत्कालीन समयमा नेपालमा पञ्चायती राजतन्त्र रहेको र पञ्चायती राजतन्त्र शासनको विरुद्ध आन्दोलनमा सरिक भएको अभियोगमा उनी ४ वर्ष जेल परे । जेल जीवन यापन गरे सँगै उनी राष्ट्रिय राजनीतिमा लागे ।बि.सं २०४८, २०५१ तथा २०५६ सालमा तनहुँबाट प्रतिनिधि सभा सदस्य भई ८ वर्ष पार्टीको केन्द्रीय सदस्य र एक कार्यकाल पार्टीको १० औँ महा अधिवेशनबाट सहमहा मन्त्री भए । जोशी तनहुँबाट निर्वाचित भएर राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताको रूपमा हेरिन थाले । उनी प्रतिनिधि सभा सदस्य हुँदै शिक्षा मन्त्री , खानेपानी तथा सरसफाइ मन्त्री, जलस्रोत मन्त्री , स्थानीय विकास मन्त्री ,शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्री र गृहमन्त्री समेत भएका नेता हुन् । जोशीले भानुमा रहेको सशस्त्र प्रहरीको तालिम केन्द्र , दमौली चाप घाटमा रहेको शिक्षक तालिम केन्द्र , भिमादमा रहेको प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र , भानुमै रहेको भानु जन्मस्थल विकास आयोजना , देवघाट विकास आयोजना, मदरसा विद्यालयको व्यवस्थापन,बन्दिपुर जाने बाटो कालो पत्रे , तनहुँमा विद्युतको बिस्तार , टेलिफोन बिस्तार ,सडक क्षेत्रमा बिस्तार ,खानेपानीको सहरीकरण सञ्चारको बिस्तार र पुल निर्माण लगाएको महत्त्वपूर्ण विकासका काम गरे ।

सोही कारण आज पनि उनलाई गृह जिल्लामा हाइहाई गरिन्छ, र विकास प्रेमी नेताको रूपमा हेरिन्छ । आज पनि उनी गृह जिल्ला आउँदा कार्यकर्ताको जमात उनको घरमा देख्न सकिन्छ ।बि.सं २०६४ सालको चुनावमा जोशी तनहुँबाट माओवादी सँग पराजित भए । चुनावमा पराजित भए सँगै क्रमशः उनको राजनैतिक शक्ति पनि घट्दै गएको देखिन्छ । दुर्भाग्यवश उनलाई सोही समयमा भ्रष्टाचारको मुद्दा लाग्यो । उनले आफ्नो निकटतस्थहरु सँग आफूलाई सुनियोजित रूपमा मुद्दामा फसाइएको बताउँदै आएका छन् । शक्ति केन्द्रहरूलाई रिझाउन नसक्दा उनलाई नियोजित रूपमा फसाइएको जानकारहरू बत्ताउँछन् । उनलाई राजनीतिमा स्थापना गराउने नेता गरिजाप्रसाद कोइराला हुन् । जानकारहरू बत्ताउँछन् शक्ति केन्द्रहरूलाई रिझाउन नसक्नु र उनलाई राजनीतिमा स्थापना गराउने नेताकै समयमा मुद्दा लाग्नु, शक्ति सन्तुलन गराउन नसक्नु र मुद्दा लाग्नु सबै नियतबस  भएको हो भन्न सकिने थुप्रै आधारहरू छन् ।

बिं.सं २०६४ सालको चुनावमा पराजित भए पनि आउँदो चुनावमा जनताको मन जित्ने र सक्रिय राजनीतिमा फर्कने  आशा उनमा थियो । समय बित्दै गयो र बि.सं २०७० सालमा प्रतिनिधि सभाको चुनाव पनि आयो तर जोशीको भागको टिकट अर्कैले खोसिदिए। क्रमशः बि.सं २०७४ सालको चुनावमा पनि उनी चुनाव लड्ने आशा सहित गृह जिल्ला आए।तर भ्रष्टाचारको मुद्दा किनारा नलागेको भन्दै नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले उजुरी दिए।उनको उजुरीलाई आधार मानेर निर्वाचन आयोगले जोशीको उम्मेदवारी रद्द गर्‍यो  । उनी सत्ता र शक्तिमा रहदा तनहुँका अधिकांश जिल्ला स्तरीय नेता तथा कार्यकर्ता उनका थिए। तर समयको परिवर्तनसँगै  उनी निटक कार्यकर्ताहरू सबैले साथ छाडेर गए । राजनीतिमा केही कसैको मित्र र शत्रु हुँदैन भन्ने उनको भनाईलाई उनैका कार्यकर्ता उनको साथ छाडेर पुष्टि गरेको छ । हाल तनहुँका विभिन्न स्थानीय तहका प्रमुख र विभिन्न समितिका प्रमुख पहिला उनकै साथमा थिए । आज पनि जोशीलाई गृह जिल्लामा नेता मान्नेको भिड उतिकै रहेको छ । उनी मात्र तनहुँमा यस्ता नेता हुन् जसलाई विपक्षी दलका नेता तथा कार्यकताहरुले समेत जिल्लाको विकासका कामका बारेमा सरसल्लाह गर्न सम्पर्क गर्ने गर्छन् ।

छोराहरूले राजनैतिक विरासत सम्हाल्ने आशा:

नेता गोविन्दराज जोशीका दुई छोराहरू मध्ये जेठो छोरा काठमाडौँ स्थित निजी कलेजमा अध्यापकको रूपमा कार्यरत छन्,भने कान्छो छोरा अस्ट्रेलियाको एक अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत छन् । आफले जसलाई साथ दिएका थिए उनीहरूबाट नै सहयोग र साथ नपाए पछि नेता जोशी हतपत आफ्नो राजनैतिक विरासत जिल्लाका नेता तथा कार्यकर्ताको हातमा सुम्पने अवस्थामा छैनन् । जिल्लामा उनका पुराना काँग्रेसका कार्यकताहरुले अझै पनि उनको साथ छोडेका छैनन् । अझै पनि उनलाई मान्ने कार्यकता जिल्लामा १० देखी १५ हजार रहेको जानकारहरु बताउँछन् । उनका पछि लाग्ने कार्यकर्ताको राजनैतिक यात्रा सुरक्षित पार्न मात्र भए पनि उनले राजनैतिक विरासत कसैलाई सम्हाल्न दिनु पर्ने देखिन्छ ।  यस्तो अवस्थामा उनले कसलाई राजनैतिक दायित्व सुम्पिन्छन् भन्ने प्रश्न बेलाबेलामा उठ्ने गरेको छ । यसै विषयमा मैलै उनका जेठो छोरा दीपकराज जोशी सँग केही प्रश्नहरू गरेको थिएँ । के तपाई राजनीतिमा आउनु हुन्छ त ? के बुवाको राजनीतिक यात्रा तपाईँले अघि बढाउनु सक्नु हुन्छ ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्