सैघाली खबर
दाङ,२१ माघ । प्राविधिक शिक्षा संचालनका लागि दुधरासमा सुरु भएको महायज्ञमा दान गर्ने दैनिक भिड बढ्न थालेको छ । मावि दुधरासमा सुरु भएको महायज्ञमा नगद दान, भुमिदान , तुलादान गर्नेहरुको भिड बढ्दै गएको छ ।शनिबार ३० लाख बरावरको भुमिदान गरेका छन्भने तिनलाख बढि नगद जम्मा भएको छ । शनिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम महायज्ञ मुल आयोजक समितिका संयोजक देवराज विश्वकर्माले अहिलेसम्मकै सबैभन्दा बढि एक लाख ५१ हजार दान गर्नु भएको छ ।
तुलसीपुर उपमहानरपालिका १७ का केशव रिजाल र शान्ता रिजालले एक लाख २५ हजार ५ सय २५ , मीना बस्नेतले ५१हजार एकसय ५१, दुधरास बचत तथा ऋण सहकारी संस्थाले २५ हजार एक सय २५, बामदेव पोख्रेलले २४ हजार एक सय २५, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा तिहारमा खेलेको भैलो रकम स्थानीय युवाहरुबाट १५ हजार एक सय ५५, शालिकराम डाँगीले १५ हजार ५५, ज्ञानबहादुर बस्नेतले १५ हजार एक सय ५५, वडा नं. १८ का ढुण्डीराज गौतमले १५ हजार एकसय १५, मदनकुमारी बस्नेत र रिता कुमारी बस्नेतले दश हजार पाँच,कमला रावतले १० हजार एक सय ५५, भीमबहादुर परियारले १० हजार एक सय पाँच, सप्तरंगी बहुउद्देश्यीय सहकारी संस्थाबाट दश हजार पाँच, दिलबहादुर वलीले दश हजार एक सय ५१,दिदी बहिनी महिला समूह तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेको तर्फबाट पाँच हजार एक सय ५५ सहयोग गरेको आर्थिक व्यवस्थापन समितिकाका संयोजक प्रदीप गौतमले जानकारी दिनुभयो ।प्राविधिक शिक्षालयका लागि माघ १८गतेदेखि सुरु भएको महायज्ञ २४ गते सम्म संचालन हुने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।